0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन आगामी असोज पहिलो साता हुने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको विद्यार्थी पदाधिकारी बैठकसँगै शुक्रबार प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकले असोज पहिलो साता सम्मेलन गर्ने निर्णय गरेको हो ।
संगठनका उपाध्यक्ष मिलन एमसीका अनुसार सम्मेलनअघि विधान अधिवेशन हुनेछ ।
सम्मेलनअघि विधान अधिवेशन हुनेछ, संगठनमा आन्तरिक प्रतिस्पर्धा गर्ने निर्णय भएको छ, उनले भने ।
केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए ।