0
Shares
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो ।
योसँगै आज सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार तोलामा २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । योसँगै आज चाँदीको मूल्य ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।