0
Shares
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । साताको पहिलो दिन गिरावट आएको सुनको मूल्य आज भारी वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ बढेको हो ।
योसँगै आज सुनको मूल्य तोलामा २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेको छ । योसँगै आज चाँदीको मूल्य ३ हजार ११० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य झिनो रुपमा बढेको छ ।