माओवादी निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी सुरू

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट शक्तिशाली संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन मंसिरममा गर्ने तयारी गरिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको विद्यार्थी पदाधिकारी बैठकले मंसिरमा गर्ने प्रस्ताव गरेको हो ।

बिहीबार बसेको संगठनको पदाधिकारी बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मंसिर २५, २६ र २७ गते गर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए । बैठकमा आगामी भदौ २५ गते विधान सम्मेलन गर्ने निर्णय भएको छ ।

शुक्रबार प्रज्ञा भवन कमलादीमा बस्ने विद्यार्थी संगठनको केन्द्रीय समिति बैठकले मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने गरी निर्णय हुने एक पदाधिकारीले बताए । केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सम्मेलन अघि संगठनको विधान सम्मेलन असोजमा गर्ने तयारी गरिएको ति पदाधिकारीको भनाई छ । ‘अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन ६ महिना अघि हुनुपर्ने हो । संगठनको आन्तरिक विवादले एक वर्ष धकेलियोे’ ती पदाधिकारीले भने, ‘अब संगठन एक ढिक्का भएकाले राष्ट्रिय सम्मेलन मंसिरमा हुने गरी बैठकले निर्णय गर्न सक्छ । यद्यपि सम्मेलनको मिति केन्द्रीय समिति गरेपछि आधिकारिक हुने छ ।’

अध्यक्ष पञ्चा सिंह अध्यक्ष भए लगत्तै संगठनका उपाध्यक्ष पवन कार्कीले असन्तुष्टी जनाउँदै समानन्तर कमिटी चलाएका थिए । पार्टीले हस्तक्षेप गरेर कार्कीपक्षलाई समेत मुल संगठनमा समाहित गराएपछि विवाद साम्य भएको हो । अहिले संगठन बाहिरबाट एक ढिक्का देखिए पनि भावी नेतृत्व हत्याउन एकका विरुद्ध अर्को गुट लागेका छन् ।

त्यसका लागि आफु निकट नेतालाई भेट्नुका साथै आफ्नो पक्षमा माहोल बनाउन विद्यार्थी नेताहरु लागि सकेका छन् । राष्ट्रिय सम्मेलनबाट चुनावी प्रस्तिपर्धा हुने भएपछि विद्यार्थी नेताहरु तत्काल सम्मेलनको मिति घोषणा गरेर जानुपर्ने अधिकाश पदाधिकारीको माग छ ।

संगठनको अध्यक्षका लागि उपाध्यक्षहरु सहित महासचिव दीपेश पुन मैदानमा उत्रिसकेका छन् । यस पटक पार्टी हस्तक्षेप नगरेर अन्तरिक निर्वाचन गराउने भनिएकालदे विद्यार्थी संगठनको नेतृत्व कसले हत्याउछ भन्ने विषयलाई रोचक साथ हेरिएको छ ।

सम्बन्धित समाचार