0
Shares
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपाली सेनालाई विकासमा लगाउन सकिने भए पनि ठेक्का नै दिनु पर्नेबारे सोच्न आवश्यक रहेको बताएका छन् ।
‘सेनालाई हामीले विकासमा लगाउन सक्छौँ, लगाएकै छौंँ, तर उसैले ठेक्का लगाउने हो भने सडक डिभिजन र आर्मीमा के फरक भयो ? ठेकेदारमार्फत नै गर्ने हो भने सेनामार्फत किन गराउने ?,’ प्रतिनिधिसभा बैठकमा उनले भने ।
नेपाली सेना सम्मानित संस्था भएको बताउँदै अध्यक्ष साहले हैसियत नघटाउन आग्रह गरे । उनले थपे ‘सेनाको हैसियत नघटाऔँ ।’
यस क्रममा उनले सेनालाई आधुनिक बनाउनु पर्ने बताउँदै सरकारले स्पष्ट नीति लिनु पर्ने सुझाव दिए ।