पोखराले बनायो एनपीएल इतिहासकै सर्वाधिक रन, काठमान्डुलाई २२५ रनको चुनौती

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कीर्तिमानी रन बनाएको छ ।

आफ्नो अन्तिम खेलमा पोखराले काठमान्डु गोर्खाजविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रनको योगफल खडा गरेको हो ।

यो स्कोर एनपीएल इतिहासकै सर्वाधिक हो । यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध नै ६ विकेट गुमाउँदै २२० रन जोडेको थियो ।

उच्च स्कोर बनाउन कुशल भुर्तेलले ९९ रनको शानदार पारी खेले । ५१ बल खेलेका उनले ८ छक्का र ८ चौका प्रहार गरे ।

यस्तै, युवराज सामराले ५५ बलमा ८९ रन बनाए । उनले ८ चौका र ५ छक्का प्रहार गरे । चमिका करुणारत्ने ७ बलमा १९ रनमा नटआउट रहे ।

लगातार दुई छक्का प्रहार गर्दै करुणारत्नेले पोखरालाई उच्च स्कोरको कीर्तिमान दिलाए ।

बलिङतर्फ काठमान्डुका करण केसीले दुई तथा जहानदाद खानले एक विकेट लिए ।

पोखरा प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमान्डुले प्लेअफमा स्थान बनाइसकेको छ ।

सम्बन्धित समाचार