0
Shares
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री पदमा मरिहत्ते नगर्ने स्पष्ट पारेका छन् ।
जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेको बताउँदै उनले त्यसबारे आफूले नसोचेको दाबी गरे । बिहीबार पोखरा पुगेका उनले पत्रकारसँग भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो, त्यस कारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोच्दिनँ ।’
अध्यक्ष नेपालले यसअघि आफू रहरले नभई बाध्यताले प्रधानमन्त्री बन्नु परेको बताए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्यो, गिरिजाप्रसाद कोइराला जीले मलाई अफर गर्नु भयो,’ उनले भने, ‘नेपाली कांग्रेसले अफर गर्यो अनि मात्रै बनेको हो ।’