‘पाँच पटक प्रधानमन्त्री बनाएको कांग्रेसलाई ज्यान दिन्छु, १८ करोडको कुरा छ-पार्टी हाम्रै हुन्छ’

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीलाई ज्यान दिन तयार रहेको बताएका छन् ।

देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले कांग्रेसलाई ज्याज दिन तयार भएको बताएका हुन् ।

उनले भने, ‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन, जुन पार्टीले मलाई पाँच पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीलाई ज्यान दिन तयार छु ।’

यस क्रममा उनले गगन थापालाई लक्षित गर्दै कांग्रेसलाई कसैले हाइज्याक गर्न नसक्ने दाबी गरे । उनले थपे, ‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो, जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन, अदालतमा मेरो विश्वास छ, १८ करोडको कुरा आएको छ, अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु ।’

सम्बन्धित समाचार