0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।