फिर्ता बोलाएको राजदूतले स्वागत गरेपछि प्रधानमन्त्रीले भने- ध्यान नपुगेकै हो

0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने विषयमा ध्यान नपुगेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राजदूतहरूलाई केही दिन ढिला गरेको फिर्ता गरेको भए हुन्थ्यो भन्दै स्वीकार गरेका हुन ।

‘राजदूत फिर्ता बोलाउने विषय संयोग मात्रै हो, राजदूत स्वागतमा आउनु भयो, उहाँले राजदूतको हैसियतले स्वागत र सक्रिय भूमिका निर्वाह गर्नु भयो, मैले धन्यवाद भनेर आएको छु,’ उनले भने, ‘त्यहीँ बेला (राजदूत फिर्ता) बोलाउने पर्नु संयोग मात्रै हो, म भारत जाने र उहाँलाई फिर्ता हुने विषय त्यति ध्यानमा गएन, मन्त्रिपरिषद्मा यो विषय प्रवेश भयो, हामीले २ दिन रोक्न सकिन्थ्यो, त्यसमा हाम्रो ध्यान नगएकै हो ।’

उनले आफू भारत भ्रमणमा त्यसले कुनै असर नपर्ने बताए । प्रधानमन्त्रीले भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलाएपछि भारत भ्रमणमा गएका थिए ।

त्यस विषयमा कुटनीतिक क्षेत्रमा प्रधानमन्त्री भारत भ्रमणमा जाने त्यति नै बेला राजदूत फिर्ता बोलाउने भन्दै आलोचना भएको थियो । तर, प्रधानमन्त्री भारत भ्रमणमा गएपछि राजदूत शंकर शर्माले राजदूतकै हैसितमा उनलाई स्वागत गरेका थिए ।

सम्बन्धित समाचार