प्रधानमन्त्री प्रचण्ड नरेन्द्र मोदीलाई भेटर फर्किंदै

0 Shares

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता हुने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी नेपाल एअरलाइन्सको नियमित उडानमार्फत फिर्ता हुने भएका हुन् ।

आइतबार साँझ मोदीले प्रधानमन्त्रीको तेश्रो कार्यकालका लागि पदभार ग्रहण गरेका थिए । सोही कार्यक्रममा सहभागी भएका प्रचण्डले मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

भेटमा उनीहरूबीच नेपाल-भारतबीच आपसी सम्बन्ध र हितका विषयमा छलफल गरेका थिए । यस्तै, उनीहरूले विगतमा भएका समझदारी एवं सम्झौताको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत अधिकारी छन् ।

मोदीको शपथ ग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्रीसहित छिमेकी मुलकका राष्ट्र प्रमुखहरू सहभागी थिए ।

सम्बन्धित समाचार