निरन्तर वर्षाका कारण आज एनपीएल खेल हुने सम्भावना कम

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार २ खेल हुने तालिका छ।

तर निरन्तर वर्षाका कारण खेल हुने सम्भवना निकै कम देखिएको छ। वर्षाको पानीले त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ।

आज पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेल्ने तालिका छ। सो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्नेछन्। सो खेल अपराह्न ५ बजे सुरु हुनेछ।

तर बिहीबार रातिदेखि जारी वर्षाले आजका लागि तोकिएका दुवै खेल हुने सम्भावना न्यून छ।

आजका लागि तोकीएका खेल वर्षाका कारण हुन नसके दुवै टोलीले अंक बाँड्नेछन्।

लुम्बिनी र चितवनले लिगको पहिलो खेलमा जित निकाल्दै विजय सुरुवात गरेका छन्।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो।

चितवनले पनि विराटनगरलाई ८ रनले हराउँदै जित हात पारेको थियो।

वर्षा रोकिएर खेल भएको अवस्थामा दुवै टोली स्पष्ट जितको खोजीमा मैदान उत्रनेछन्।

एनपीएलका एक खेलमा जित र एक खेलमा हार भोगेको सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्न चाहन्छ।

पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।

लगातार दोस्रो हार भोगेको विराटनगरले भने पहिलो जित निकाल्न चाहन्छ।

विराटनगर पहिलो खेलमा चितवनसँग चितवनसँग ८ रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने कर्णाली याक्ससँग ४ विकेटको हार बेहोरेको थियो।

सम्बन्धित समाचार