दिहाल्नामा लालीगुराँस टी२० कप क्रिकेट प्रतियोगिता सम्पन्न, खेलकुदको विकासमा पालिका अध्यक्षको जोड

0 Shares

काठमाडौं । गत कार्तिक ७ गतेदेखि सुरु भएको झिमरुक गाउँपालिका ८ दिहाल्नामा सञ्चालित लालीगुराँस टी२० कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि रोयल झुङदी क्रिकेट क्लबले आफ्नो पक्षमा पारेको छ ।

आज सम्पन्न फाइनल खेलमा तुसारा क्रिकेट क्लबलाई हराउँदै रोयल झुङदीले उपाधि रक्षा गरेको हो । प्रतियोगिताको विजेता टोलीले प्रमाण पत्र र ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । उप विजेता टोलीले प्रमाण पत्र र टर्फीसहित ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।

प्रतियोगिताको समापन समरोहमा विजेता टोलीहरूलाई प्रमुख अतिथि तथा पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पुरस्कार वितरण गरेका थिए । यस क्रममा समापन समरोहलाई सम्बोधन गर्दै उनले प्रतियोगिताले खेलाडीको उज्ववल भविष्यसँगै खेल संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान हुने विश्वास गरे ।

यसैगरी उनले युवालाई खेलकुदमा जोड्न सके मात्र खेलकुदको विकाससँगै युवायुवतीको समृद्धिको आधार बन्न सक्ने बताए । वडा तहमा खेलाडी उत्पादन गर्न तथा पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो ।

दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमका अध्यक्ष तथा समापन समरोहका अध्यक्ष गोविन्द गिरीले प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेटको आधार बलियो बनाएको बताए ।

प्रतियोगिताको समारोहमा वडा नं. ७ का वडाध्यक्ष कृष्ण बहादुर जिसी, स्थानीय समाज सेवी, विभिन्न संघ सस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । प्रतियोगितामा कुल १७ टिम सहभागी थिए ।

सम्बन्धित समाचार