राशिफल १४ कात्तिक : वृषको प्रतीक्षित काम पूरा हुने, तुलाले पुरस्कार पाउने, तपाईँको दिन कस्तो?

0 Shares

शनिबार, १४ कात्तिक २०८३ (३१ अक्टोबर २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: धन, पुरस्कार तथा प्रतिष्ठा आर्जन गर्ने अवसर मिल्न सक्छ। सामाजिक कार्यप्रति रुचि बढ्नेछ। बोलीको प्रभाव बढ्दै जानेछ। आफूलाई मन परेको वस्तु खरिद गर्ने अवसर मिल्नुका साथै उपहार प्राप्त हुने सम्भावना छ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृष: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। धर्मकर्मप्रति रुचि बढ्नुका साथै दैनिक कामकाजमा प्रगति हुनेछ। परिवारको साथ र समर्थनले नयाँ ऊर्जा प्रदान गर्नेछ। सवारीसाधन प्राप्ति वा खरिदसम्बन्धी योजना सफल हुने सम्भावना छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५८, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मिथुन: धार्मिक तथा आध्यात्मिक कार्यप्रति रुचि बढ्नेछ। तपाईँको व्यक्तित्व, पहिरन तथा अभिव्यक्ति शैलीको प्रशंसा हुनेछ। प्रेम तथा दाम्पत्य जीवनमा मधुरता र आत्मीयता छाउनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। दक्षिण दिशातर्फ यात्रा नगर्ने।

कर्कट: लाभ र हानि तथा सुख र दुःख दुवैको मिश्रित अनुभव हुन सक्छ। नियमित खर्च बढ्ने सम्भावना रहेकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। सोचविचार नगरी वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। साँझपख केही अवरोध आए पनि समाधानको बाटो खुल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् विष्णुको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

सिंह: लामो समयदेखि रोकिएका काम सम्पन्न हुनुका साथै नयाँ अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ। मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने अवसर जुट्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६३, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कन्या: सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा आपसी प्रेम, विश्वास र समझदारी कायम रहनेछ। परिवारका सदस्यको स्वास्थ्यमा सावधानी अपनाउनुपर्ने हुन सक्छ। मन्त्र- विवेक र लगनले सफलता आफैँ बोलाउँछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ५८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: धन, पुरस्कार तथा प्रतिष्ठा आर्जन गर्ने अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका वैदेशिक काम र अन्य अधुरा काम पनि अघि बढ्नेछन्। बिचमा सामान्य अवरोध आए पनि दृढ इच्छाशक्ति र निरन्तर प्रयासले लक्ष्यतर्फ अघि बढ्न सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६९, वैदेशिक कार्यमा ६० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। सकेसम्म लामो यात्रा नगर्ने।

वृश्चिक: जिद्दी स्वभावका कारण बनेको कामसमेत बिग्रन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु उचित हुनेछ। कठिन परिस्थितिमा आफन्तजनको साथ र सल्लाह प्राप्त हुनेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ घ्यू र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ४१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

धनु: लामो समयदेखि सम्पर्कमा नरहेका पुराना साथीसँग भेटघाट हुने सम्भावना छ। सामाजिक तथा धार्मिक गतिविधिमा रुचि बढ्नेछ। अध्ययन तथा शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। मन्त्र- कर्मशीलता नै सबैभन्दा ठुलो पुँजी हो।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर: लामो समयदेखि प्रतीक्षा गरिएका काममा सफलता प्राप्त हुनेछ। नयाँ ज्ञान तथा सिप सिक्ने अवसर मिल्नेछ। आफ्नो बोली, व्यवहार र क्षमताले अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। विभिन्न कारणले रोकिएका कामले गति लिने सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सल्लाह र सुझाव लिने। उत्तर दिशातर्फ यात्रा नगर्ने।

कुम्भ: नयाँ योजना बन्ने र ज्ञान हासिल गर्न अवसर मिल्नेछ। आफ्नो कार्यक्षेत्रमा प्रभाव र पकड बढाउन सकिनेछ। अध्ययन तथा प्रतिस्पर्धात्मक गतिविधिमा सफलता प्राप्त हुन सक्छ। व्यापार तथा व्यवसायमा प्रगति हुनेछ।

भाग्यशाली रङ घ्यू र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, वैदेशिक कार्यमा ६८ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन: अनावश्यक र फजुल खर्च नियन्त्रण गर्नमा ध्यान दिनुहोला। एलर्जी वा चिसोका कारण स्वास्थ्यमा असहजता देखिन सक्ने भएकाले सावधानी अपनाउनुहोला। मन भावुक र चञ्चल बन्न सक्छ। धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति रुचि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४३, वैदेशिक कार्यमा ४३ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

सम्बन्धित समाचार