पत्रकार महासंघको निर्वाचन मिति सारियो

0 Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने निर्वाचन सरेको छ । २७ औँ महाधिवेशनका लागि आज निर्वाचन मिति तय भए पनि सारिएको हो ।

मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकाले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति असारसम्मका लागि सारिएको हो । असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि मिति तोकिएको छैन ।

साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार