सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो?

0 Shares

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको हो ।

योसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ३९० मा कारोबार भएको चाँदी आज ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार