असोज १७ गते शनिबार तपाईको दिन कति शुभ?

0 Shares

आज मिति २०८३ साल असोज १७ गते शनिबार । सन् २०२६ अक्टोबर ३ तारिख । नेपाल संवत् ११४६, रौद्र संवत्सर । आश्विन कृष्णपक्षको सप्तमी तिथि । चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र, वारियान योग, बव करण । आज बिहान ५ बजेर ५८ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर ५० मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत भए पनि आजको दिन लाभ नै मिल्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्य बन्ने छ । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्ने छ ।

बृष

केही मात्रामा जोखिम बढेपनि परिणाममुखी काममा लगानीको समय छ । कर्मबल वृद्धि होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकोले मुखलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमन हुन सक्ने योग छ । शरीर फूर्तिलो भएको महसुस होला ।

मिथुन

आजको दिन बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ भने पारिवारिक समस्या समाधान हुनेछ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु आवश्यक छ ।

कर्कट

चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । जीवनसाथी, सन्तति एवम् विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । प्रेमभाव वृद्धि हुनेछ ।

सिंह

आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । तथापि, स्वास्थ्य सबल रहनाले पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुने छन् ।

कन्या

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । लाभदायी यात्रा गर्नुछ भने समय शुभ छ । अधिकारप्राप्तिका लागि गरिने प्रतिस्पर्धामा विजयी भइने योग छ । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी गर्न सक्ने छैनन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्ने छ ।

तुला

सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । ठूलाबडाको आशीर्वाद र सहयोगले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

वृश्चिक

परिवारजनमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । नयाँ काम तथा जिम्मेवारी हातपर्ने देखिन्छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ ।

धनु

आजको दिन मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा चाहिँ विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर आर्जित धन जोगाउन सजग रहनुपर्नेछ । कसैसंग विवाद तथा मनमुटाव हुन सक्छ ।

मकर

व्यस्तता बढ्ने छ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुने देखिन्छ ।

कुम्भ

नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि होला ।

मीन

मिश्रित फलदायी समय छ । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध रहला । व्यापारबाट विशेष फाइदा हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला ।

सम्बन्धित समाचार