0
Shares
कपिलवस्तु । शिवराज नगरपालिका १ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु प्र ०३-००१ ख ००९९ नम्बरको बस एकापसमा ठोक्किँदा बस चालक बाँकेको खजुरा गाउँपालिका ५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएकोे ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालको जानकारी दिए ।
उनका अनुसार बसमा सवार ११ यात्रु घाइते भएका छन् । घाइते सवैको अवस्था सामान्य रहेको छ । मोरङ कानेपोखरी गाउँपालिका २ घर भएका ट्रक चालक रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।