प्रभु बैंक र रुस्काज् ब्युटी स्टुडियोबीच विशेष छुट सम्झौता

0 Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको कमलादीस्थित रुस्काज् ब्युटी स्टुडियोबीच सम्झौता भएको छ ।

दुई संस्थाबीच प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्द्रर्यसम्बन्धी सेवा सुविधामा कपाल काट्ने, थ्रेडिङ, सौन्दर्यको तालिम (कपालमा रसायनको प्रयोग, फेसियल तथा छालाको उपचार, नेल/म्यानिक्योर/पेडिक्योर/वाक्सिङ), मेकअप तथा मेकअप प्याकेज र कस्मेटिक र छालाको हेरचाह गर्ने सामग्रीमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहबीच रुस्काज् ब्युटी स्टुडियोतर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकारी बागमती प्रदेश प्रचिता श्रेष्ठले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटी स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीले रुस्काज् ब्युटी स्टुडियोमा माथि उल्लेखित सौन्द्रर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५०० देखि २० प्रतिशतसम्म र कर्मचारीलाई ५०० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

सम्बन्धित समाचार