एभरेष्ट बैंकको साधारणसभा सम्पन्न, सेयरधनीलाई १५ प्रतिशत लाभांश

0 Shares

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन पारित गरेको हो। बैंकको सञ्चालक समितिले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेतका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

बोनस सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ।

यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि जीपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको छ।

सम्बन्धित समाचार