0
Shares
काठमाडौं । सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको हो ।
यसअघि नेपाली कांग्रेस र नेकपा माअोवादी केन्द्रसहित विभिन्न दलको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण बनेसँगै फिर्ता बोलाउने निर्णय गरेको हो ।