काठमाडौँ । सुनको भाउले फेरी नयाँ उचाइ कायम गरेको छ । गत जेठ २२ गते १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले बिहीबार पुनः अर्को रेकर्ड कायम गरेको हो ।
बिहीबार छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज एकैदिन १ हजार ८०० रुपैयाँ बढे पछि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ बिहीबार प्रतितोला २५ रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३६८ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ४३ पैसामा कारोबार भइरहेको छ ।