मधेस सरकार ढल्यो, सिके राउतको जनमतलाई सरकार बनाउने बाटो खुल्यो

0 Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि सरकार ढलेको छ ।

बुधबार भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवको पक्षमा जम्मा ५० मत मात्रै परेको थियो । सरकार जोगाउन ५४ मत आवश्यक भए पनि विपक्षमा ५३ मत परेको थियो ।

प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिएको थियो ।

विपक्षीमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेको थियो । कूल १०७ सदस्य मधेस प्रदेशसभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ ।

त्यस्तै, राप्रपा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एकरएक सिट छ । जसपाका नेता यादवले विश्वासको मत गुमाएपछि जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

सत्ता साझेदार दलभित्र जनमतलाई मधेस प्रदेशको मु्ख्यमन्त्री दिने समझदारी भइसकेको जनमत पार्टीका एक नेताले बताए । सत्ता साझेदार दलभित्र अहिलेकै अवस्थामा तलमाथि नभए जनमतबाटै मुख्यमन्त्री हुने छन् ।

सता साझेदार दलभित्रको आधिकारिक सहमति पत्र बाहिर सार्वजनिक भएको छैन । यदि, जनमतबाटै सरकारको नेतृत्व गर्नु पर्ने भएमा महेश यादव मुख्यमन्त्री हुने छन् ।

सम्बन्धित समाचार