आईएमई लिमिटेडको साधारण सभा आह्वान, २०% नगद लाभांश प्रस्ताव


0 Shares

काठमाडौँ । आईएमई लिमिटेडले आगामी असोज १४ गते साधारण सभा आह्वान गरेको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्नेलगायत विभिन्न प्रस्ताव पेस गरिने भएको छ ।

कम्पनीले करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

आईएमई नेपालमा ठूलो परिमाणमा रेमिट्यान्स भित्र्याउने कम्पनीका रूपमा परिचित छ । आईएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनी सन् २००१ मा निजी कम्पनीका रूपमा स्थापना भएको थियो भने सन् २०१४ मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।

कम्पनीको अध्यक्षमा हेमराज ढकाल रहेका छन् । कम्पनीमा हेमराज ढकाल र चन्द्रप्रसाद ढकालको समान ३३.३ प्रतिशत स्वामित्व रहेको जनाइएको छ ।

यसैबीच, आईएमईले साधारण शेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको छ । कम्पनीले १२ लाख ५० हजार ६६७ कित्ता शेयर निष्काशनको अनुमति माग गरेको छ ।

आईपीओ निष्काशनपछि कम्पनीको पूँजी संरचना थप विस्तार हुने तथा सर्वसाधारणको समेत स्वामित्व रहनेछ ।

सम्बन्धित समाचार