सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य गिरावट आएसँगै प्रतितोला ३ लाख २ हजार ४ सयमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन ३ हजार ५ सय बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेको छ । योसँगै आज चाँदी तोलामा ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो १ सय रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ७९० रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार