भोटेकोशी बाढी पीडितलाई ग्लोवल मनि एक्सप्रेस गर्‍यो २२ लाख नगद सहयोग

0 Shares

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल मनि एक्सप्रेस (जीएमई)ले दई करोड कोरियन वन (२२ लाखभन्दा बढी रुपैयाँ) सहयोग रकम प्रदान गरेको हो । बाढी पश्चात नागरिकको उद्धार, खोज तथा पुनर्स्थापनाका लागि जिएमई कोरियाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको उल्लेख गरेको छ ।

यो कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिँदै जिएमई कोरियाले सहयोग प्रदान गरेको हो । यो सहयोगले प्रभावित परिवारलाई पुनःस्थापना गर्न, तत्काल राहत पुर्‍याउन, र स्थानीय समुदायको पुनर्निर्माणमा भइरहेका अन्य प्रयासहरूलाई थप बल पुर्‍याउन मद्दत पुग्ने आशा गरिएको छ ।

संस्थाले यसअघिका समयमा पनि मुलुकका विभिन्न क्षेत्रमा आएका प्राकृतिक विपत्ति, महामारीजस्ता विपद्का समयमा अग्रभागमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता प्रदान गर्दै आएको छ ।

प्राकृतिक विपद्को यो समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सक्ने सुविधा पनि कम्पनीले यस अघि नै ल्याईसकेको छ ।

सम्बन्धित समाचार