सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६९० रुपैयाँमा कारोबार भएको हो ।

सम्बन्धित समाचार