0
Shares
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजार १ सयले घटेर तोलाको ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ७ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४० रुपैयाँले घटेर ४७२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४७६५ मा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ४३०.०३ अमेरिकी डलर र चाँदी ६६.२२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।