आईसीएफसी फाइनान्सले नगद लाभांश मात्र दिने

0 Shares

काठमाडौँ । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रहेको छ । यसअनुसार फाइनान्सले १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ लाभांश शेयरधनीलाईै विरण गर्नेछ ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

सम्बन्धित समाचार