0
Shares
काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँको नदी तटीय क्षेत्रमा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै महाशाखाले विष्णुमति, धोवीखोलासहितका क्षेत्रमा सतर्कता अपनाउन भनेको हो । गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको महाशाखाले जनाएको छ ।