0
Shares
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशुली पुगेका छन् ।
बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र ऊद्वार कार्यको अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् । गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारको लागि समन्वय गरिरहेका छन् ।
जलविद्युत् आयोजनाको सुरूङको उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन् । मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट आइपुगेका छन् ।
ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयोजनाको उद्वार स्थलको निरीक्षणमा जानेछन् भने पीडितका परिवारसँग छलफल गर्ने कार्यक्रम छ ।