जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई-पेन्सन सेवा

0 Shares

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई-पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा निवृत्त कर्मचारीलाई सहज भएको छ ।

निजामती कर्मचारीका लागि पहिलो पटक ई-पेन्सन सेवा सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीले जानकारी दिए ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई-पेन्सन सेवा जुम्लामा पनि कार्यान्वयनमा ल्याएकामा गत वर्ष चार जना कर्मचारी त्यो सेवा प्राप्त गरेको उनको भनाइ छ ।

कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले चन्दननाथ नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा त्यस सेवा लिएको जानकारी दिइएको छ । स्थानीय तहबाटै ई-पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौँ जान पर्ने बाध्यता हटेको छ ।

सम्बन्धित समाचार