काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले नेपाली बजारमा एलजीको एलजीको एआई डीडी २.० वासर एण्ड ड्रायरको बिक्री बितरण सुरु गरेको छ । नेपालका लागि एलजीको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले मनसुनमा कपडा सुकाउन हुने समस्यालाई ध्यानमा राखेर नयाँ उत्पादन भित्र्याइएको जनाएको छ ।
नेपालमा मनसुनको समयमा लामो समयसम्म पानी पर्ने र हावामा आर्द्रता बढी हुने भएकाले कपडा धुने र सुकाउने काम असहज हुने भएकाले त्यसको समाधानका लागि नयाँ उत्पादन ल्याइएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एउटै मेसिनमा कपडा धुने र सुकाउने सुविधा रहेको यो उत्पादनले बदलिँदो मौसममा दैनिक लुगा धुने तालिकालाई अझ सहज बनाउन सहयोग गर्ने कम्पनीको विश्वास छ ।
२०।१०, १५।८, ११।७ र ८।६ केजी क्षमताका एलजी वासर एण्ड ड्रायरमा कपडाको सुरक्षाका लागि विभिन्न किसिमका अत्याधिुनिक प्रविधि समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कपडाको तौल र फ्याब्रिकको प्रकार पहिचान गरी उपयुक्त फ्याब्रिक केयर प्रदान गर्ने कम्पनीको भनाई छ । कम्पनीका अनुसार मौसमका कारण बाहिर कपडा सुकाउन कठिन हुने अवस्थामा नयाँ उत्पादनले एउटै उपकरणबाट कपडा धुने र सुकाउने सुविधा उपलब्ध गराउनेछ ।
एलजीका नेपालभरी रहेका आधिकारिक डिलरहरुका साथै सिजी डिजिटल, र एलजी ब्राण्ड शपबाट उपभोक्ताले शुन्य प्रतिशत व्याजलरमा किस्ताबन्दीमा डीडी वासर एण्ड ड्रायर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।