नबिल बैंकको ‘शिक्षा कर्जा’ योजना सार्वजनिक, कस्ता विद्यार्थीले पाउँछन् कर्जा?

0 Shares

काठमाडौं । बढ्दो शैक्षिक गुणस्तरको मागसँगै लाग्ने खर्चलाई ध्यान दिँदै नबिल बैैंकले ‘नबिल बैंक शिक्षा कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजनाअनुसार अभिभावकले आफ्ना बच्चाका लागि वा योग्यता पुगेका व्यक्तिले कर्जा लिन सक्ने छन् ।

विश्व बजारमा प्रतिस्पर्धात्मक शैक्षिक गुणस्तरलाई ध्यान दिँदै बैंक नयाँ योजना सार्वजनिक गरेको जनाएको छ । बैंकको यो योजनाबाट विद्यार्थी तथा अभिभावकले आफूलाई आवश्यक पर्ने ‘शिक्षा कर्जा’ लिन सक्ने छन् ।

‘शिक्षा हासिल गर्ने क्रममा आर्थिक कारण बाधक नबनोस् भन्ने उद्देश्यले प्रतिस्पर्धात्मक ब्याजदर, सहज कागजात प्रक्रिया र छिटो सेवा प्रदान गरिएको छ,’ बैंकले भनेको छ।

यसबाट विदेशमा गएर पढ्ने विद्यार्थी तथा अभिभावकले कन्सल्टेन्सी शुल्क, हवाई टिकट, बोर्डिङ खर्च, डिमान्ड ड्राफ्ट, टेलिग्राफिक ट्रान्सफर, ट्राभलर्स चेकलगायतका शैक्षिक तथा विदेश अध्ययनसँग सम्बन्धित खर्चका लागि पनि कर्जा लिन सक्ने छन् ।

यसबाट स्वदेश वा विदेशमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएर आवश्यक आर्थिक व्यवस्थापनका लागि यो कर्जा उपयोगी हुने बैंकले विश्वास लिएको छ ।

कस्ता व्यक्तिले पाउँछन् कर्जा?

क, ऋण लिँदा आवेदकको उमेर न्यूनतम १८ वर्ष हुनुपर्छ र ऋण परिपक्वताको समयमा अधिकतम उमेर ७० वर्ष हुनु पर्दछ ।
ख, धितो राख्ने जग्गामा कम्तिमा ८ फिट चौडा भएको मोटर बाटोको पहुँच हुनुपर्ने ।
ग, धितो राख्ने जग्गामा गुठी वा मोही नभएको हुनुपर्ने ।
घ, तेस्रो पक्षसँग धितोको स्वामित्वमा हुनु हुँदैन।

नियम र सर्तहरू

क, अन्य ऋण दायित्वहरू कटौती गरेपछि ऋणीको समतुल्य मासिक किस्ता (इएमआई) ऋणीको कुल आम्दानीको ५० प्रतिशतभन्दा भन्दा बढी हुनु हुँदैन ।
ख, उपलब्ध गराइएका सबै आय स्रोत कागजातहरू बैंकको खातामा ऋणीको कारोबार मात्राद्वारा पनि औचित्य हुनुपर्छ।
ग, धितो राखेको जग्गा वा सम्पत्तिमा कम्तिमा ८ फिट चौडा मोटरेबल पहुँच हुनुपर्छ । यदि, १ रोपनी वा सोभन्दा माथिको जग्गा भए कम्तिमा १० फिट चौडा मोटरे बाटोको पहुँच आवश्यक पर्दछ ।
घ, अष्ट्रेलिया र न्यूजील्याण्ड गन्तव्यहरूको लागि शिक्षा ऋणको हकमा, यदि सम्पत्ति काठमाडौं र ललितपुर महानगरमा अवस्थित छ भने ४ फिट पहुँच भएको सम्पत्ति पनि दिन सकिने ।
ङ, अष्ट्रेलिया र न्यूजील्याण्ड गन्तव्यहरूको लागि शिक्षा ऋणको हकमा ग्राहकले एक वर्षभित्र बाँकी रकम पूर्वभुक्तानी गर्न सक्छ । तर, ऋण कम्तिमा १ वर्षको लागि सक्रिय हुनुपर्छ । भिसा अस्वीकृति मामलाबाहेक यस्तो फाइल बन्द गर्ने र एक वर्षअघि सम्पत्ति रिलीज गर्न अनुमति छैन । भिसा अस्वीकृतिको अवस्थामा पूर्वभुक्तानी परिवर्तन लागू हुने छैन ।
च, शैक्षिक कर्जा कम्तिमा दुई वर्षदेखि बढीमा पाँच वर्षसम्म हुनेछ ।

आवश्यक कागज पत्र

क, जग्गा स्वामित्व प्रमाणपत्र (लालपुर्जा)
ख, राजीनामा वा बकासपत्र वा अंश बन्द
ग, मालपोत रसिद
घ, घर भए कर बुझाएको रसिद
ङ, ब्लु प्रिन्ट र ट्रेस नक्सा
च, चार किल्ला प्रमाणित
छ, स्वीकृत घरको नक्सा
ज, निर्माण सम्पन्न पत्र र अभिलेखीकरण
झ, घर रहेको अवस्थामा लालपुर्जामा घर कायम गरेको पत्र
ञ, आवश्यक व्यक्तिको २ प्रति फोटो
ट, नागरिकता वा राहदानी
ठ, सम्बन्ध प्रमाणपत्र
ड, विवाह भए विवाहको प्रमाणपत्र
ढ, कम्तिमा ६ महिनाको बैंक (निक्षेप र ऋण) खाता विवरण
ण, शिक्षा संस्थाहरू (कलेज वा विश्वविद्यालयहरू) बाट प्रस्ताव पत्रलगायत आवश्यक कागजपत्रहरू ।

सम्बन्धित समाचार