माछापुच्छ्रे बैंकले कमायो २ अर्ब नाफा

0 Shares

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १२.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि र गैर सञ्चालन खर्च घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

खुद ब्याज आम्दानी ५.५३ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ४९ लाख २७ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी ०.५४ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ४७ लाख २९ हजार रुपैयाँ पुगेको छ । यस बैंकको चुक्ता पुँजी १५ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता ७.५१ प्रतिशत छ । एक वर्षको अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९० पैसाले बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ ।

सम्बन्धित समाचार