ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ स्पिड टी४ गर्याे सार्वजनिक, मूल्य कति ?

0 Shares

काठमाडौँ । ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा मोबिलिटी एक्स्पो 2026 मा नयाँ Speed T4 सार्वजनिक गरेको छ ।

यसले नेपालमा ट्रायम्फको Modern Classic सरजको बाइक लाइनअप बढाएको छ। नयाँ Speed T4 को मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ राखएको छ।

क्लासक रोडस्टर डजाइन र लो-स्पिड टक दइएको छ जस्ले यो मोटरसाईकल को ह्यान्डलङ सिजलो बनाएको छ।

नेपालका सडक अवस्थाका लागि यो बाइक राम्रो रहनेछ र यो बाइक देशभरका ट्रायम्फका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ।

Speed T4 मा 349cc लिक्विड-कुल्ड इन्जिन छ, जसले 29 PS (7,500 rpm मा) पावर र 31 Nm टक 5,500 rpm मा दिन्छ।। यसमा 6-स्पिड गियरबक्स र स्लिपर क्लच दिइएको छ।

यसले सहरमा चलाउन, हाइवेमा क्रुज गर्न र उकालोमा पनि राम्रो प्रदर्शन दिन्छ। मुख्य फिचरहरूमा 43mm फ्रन्ट फोर्क, एड्जस्ट गर्न मिल्ने रियर मोनोशक, 17-इन्च हि«ल, 300mm फ्रन्ट डिस्क, 230mm रियर डिस्क र डुअल-च्यानल ABS रहेका छन्।

यसमा LED लाइट, डे-टाइम रनिङ लाइट, डुअल-च्यानल ABS, स्लिपर क्लच र एनालग + डिजिटल डिस्प्ले पनि दिइएको छ। नाइमा मोबिलिटी एक्स्पो 2026 मा Speed T4 को लन्चले ट्रायम्फको Modern Classics लाइनअपलाई अझ विस्तार गरेको छ र ग्राहकहरूलाई नयाँ विकल्प दिएको छ। Triumph Motorcycles Nepal ले नेपालभर आफ्नो आधिकारिक डिलरमार्फत प्रिमियम बाइकहरू बिक्री गर्छ, साथै सर्भिस र जेन्युइन पार्ट्स उपलब्ध गराउँछ। थप जानकारीका लाग नजिकको ट्रायम्फ शोरुम वा आधिकारिक च्यानलहरूमा सम्पर्क गर्न सकिन्छ।

सम्बन्धित समाचार