गरिमा विकास बैंकको नाफामा दोहोरो अंकको वृद्धि, सेयरधनीलाई आकर्षक लाभांश क्षमता

0 Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.३४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६१ करोडबाट बढेर ३ अर्ब ८१ करोड पुगेको छ । सञ्चालन नाफा १ अर्ब ८० करोडबाट बढेर २ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यता, बैंकले ३४ करोड १४ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो ।

चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड रुपैयाँ छ । सञ्चित नाफा १ अर्ब २१ करोड छ । बैंकले ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको ७८ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गरिमाको प्रतिसेयर आम्दानी २८.०४ रुपैयाँ छ । एनपीएल ४.७६ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १७७.२६ रुपैयाँ छ । लाभांश वितरण क्षमता २०.२३ प्रतिशत देखिएको छ ।

सम्बन्धित समाचार