काठमाडौं। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकको अघिल्लो आवको तुलनामा गत आवमा अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ।
बैंकको अघिल्लो आवको तुलनामा गत आवमा खुद मुनाफा ५ अर्ब ७ करोड ६३ लाखबाट २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख नाघेको छ। बैंकको खुद ब्याज आम्दानी भने १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँबाट २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा झरेको छ।
बैंकको खुद फी तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड १७ लाखबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँबाट २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ नाघेको छ।
बैंकको सञ्चालन मुनाफा ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट २० प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख पुगेको छ भने वितरणयोग्य मुनाफा ४ अर्ब ५ करोड २८ लाखँबाट बढेर ४ अर्ब ५८ करोड १० लाख पुगेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १३.३२ रुपैयाँबाट १६.३४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.८६ प्रतिशतबाट सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ कायम भएको छ।
चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चिति छ। बैंकले कर्जा प्रवाह ४ खर्ब ३९ अर्ब ३४ करोड, निक्षेप संकलन ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ नाघेको छ।