काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमूल शाखाले ‘परिवार सुरक्षा बचत खाता (PSBK)’ अन्तर्गतको बिमा सुविधाअनुसार लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बिमा दाबी रकम हस्तान्तरण गरेको छ।
बैंकका अनुसार श्रीमती बना देवी बोहराका श्रीमान्को दुःखद दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बिमा दाबी प्रक्रिया पूरा भएपछि उक्त रकम हस्तान्तरण गरिएको हो । बैंकले यस आर्थिक सहयोगले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा राहत पुग्ने विश्वास व्यक्त गरेको छ।
कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बिमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षामा समेत योगदान पुग्ने बैंकको विश्वास छ ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बिमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने र आवश्यक समयमा ग्राहक तथा उनका परिवारलाई वित्तीय सहयोग प्रदान गर्ने अपेक्षा बैंकले गरेको छ ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत लाखौं ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले शहरी, अर्ध-शहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच विस्तार गर्दै विभिन्न निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवामार्फत ग्राहकहरूको वित्तीय सुरक्षालाई थप सुदृढ बनाइरहेको जनाएको छ ।