रास्वपाको आयोगलाई जवाफ– पार्टीमा १८ वर्षमुनीका राख्ने भूलवश पर्यो

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेकोबारे राष्ट्रिय मानव अधिकार आयोगलाई प्रस्टीकरण दिएको छ । संविधान विपरीत बालबालिकालाई पार्टी सदस्य बनाएको सार्वजनिक भएपछि मानवअधिकार आयोगले चासो राख्दै यसको वास्तविकताबारे जानकारी गराउन रास्वपालाई पत्र काटेको थियो ।

आयोगले गत असार १५ गते रास्वपालाई पत्र पठाउँदै त्यसबारे सत्यतथ्य जानकारी दिन भनेको थियो । रास्वपाले आयोगको पत्रको जवाफ पठाएको मानवअधिकार आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले जानकारी दिए । ‘सोधिएको प्रश्नको जवाफ आइसकेको छ’, प्रवक्ता पोखरेलले भने,

मानवअधिकार आयोग स्रोतका अनुसार रास्वपाले १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको भन्ने विषय वास्तविक सदस्यता अभिलेखमा नभई प्रारम्भिक आवेदन विवरणको आधारमात्र भएकाले उक्त उमेर समूहका व्यक्ति पार्टी सदस्य भएको भनेर भूलवश प्रतिवेदनमा परेको भन्ने जवाफ आयोगलाई दिएको छ ।

साथै नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने नीति र अभ्यास आफ्नो पार्टीको नरहेको पनि स्पष्ट पारेको छ।

सम्बन्धित समाचार