फिफा विश्वकपः अर्जेन्टिनाविरुद्ध स्पेनले हान्यो गोल

0 Shares

काठमाडौं । साविक विजेता अर्जेन्टिनाविरुद्ध युरोपेली च्याम्पियन स्पेनले गोल हानेको छ । जारी फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा १०६ औँ मिनेटमा स्पेनका फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।

यसअघि निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको छ । खेलको इन्जुरी समयमा अर्जेन्टिनाको एन्जो फर्नान्डेजले रातो कार्ड पाएर बाहिरिए थिए । विश्वकपको उपाधि भिडन्तमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । स्पेन पनि १६ वर्षपछि विश्वकपको उपाधि जित्ने दौडमा छ ।

अर्जेन्टिना छैटौँपटक फाइनलमा पुगेको हो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ को विश्वकपको उपाधि जितेको हो । सन् २०१० को विश्वकपको उपाधि जितेको स्पेन १६ वर्षपछि पुनः उपाधि हासिल गर्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको छ ।

सम्बन्धित समाचार