गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते

0 Shares

नवलपरासी । गैँडाकोट नगरपालिका –१२, हर्कपुरस्थित दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ६:५० बजेको समयमा गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । दुर्घटना परी घाइते हुनेहरूको नामावली निम्नानुसार रहेको छ:

लु २ ख ६४५७ नं.को बसमा सवार:-

१.जिल्ला कालिकोट तिलागुफा न.पा. -०३ बस्ने वर्ष अं. ३६ को धनमान हमाल, (पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको)

२. जिल्ला नवलपरासी (पूर्व) गैँडाकोट न.पा. -०५ बस्ने वर्ष अं. ६० कि लीला थापा, (पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको)

लु २ ख ६०३६ नं. बसमा सवार:-

नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेका घाइते:-

३. लु २ ख ६०३६ बस चालक चितवन भरतपुर ४ बस्ने बर्ष ४७ को सन्तोष बहादुर गुरुङ,

४. जिल्ला नवलपरासी (पूर्व) गैँडाकोट न.पा. -०७ बस्ने वर्ष १२ कि आत्रिया पौडेल,

५. जिल्ला नवलपरासी (पूर्व) गैँडाकोट न.पा. -१५ बस्ने वर्ष ४० की माधवा ज्ञावाली,

६. जिल्ला गोरखा गोरखा बस्ने बस्ने वर्ष ३५ को शकर बयलकोटी,

७. जिल्ला नवलपरासी (पूर्व) गैँडाकोट न.पा. -०२ बस्ने वर्ष ३८ कि सिता ज्ञावाली,

८. ऐ.ऐ. बस्ने वर्ष ११ कि जस्विन ज्ञवाली,

९. जिल्ला चितवन र.न.पा. -०२ बस्ने वर्ष १० कि दिभा रानाभाट,

पुरानो चितवन मेडिकल कलेजमा भएका घाइते:-

१०. जिल्ला बारा, कलैया उ.म.न.पा. -०९ बस्ने वर्ष ६० को मोहन भैया साह,

११. जिल्ला चितवन भरतपुर म.न.पा. -०२ बस्ने वर्ष ३१ कि निशा तिवारी,

१२. ऐ. बस्ने निशा तिवारीको छोरा अं. वर्ष ८ को ऐट्रेन भट्ट,

१३. जिल्ला दाङ बस्ने वर्ष अं. ५५ को निमलाल खड्का,

१४. ऐ.ऐ. निज निमलाल खड्काको श्रीमती अं. वर्ष ५५ कि. अमृता खड्का,

१५. जिल्ला रुपन्देही मायादेवी गा.पा. ६ बस्ने वर्ष ५७ को मनोज गुरुङ,

१६. ऐ.ऐ. मनोज गुरुङको श्रीमति वर्ष ५१ कि हुमा गुरुङ,

१७. जिल्ला नवलपरासी, गैँडाकोट न.पा. -०५ बस्ने वर्ष ५२ को प्रेम बहादुर रानाभाट

१८. जिल्ला नवलपरासी (पूर्व), गैँडाकोट न.पा. -०६ बस्ने वर्ष अं. ४३ की मिरा आचार्य रहेका छन् । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार