सरकारले मिटरब्याज पीडितलाई धोका दियो : अध्यक्ष ओली

0 Shares

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटर ब्याज पीडितलाई फेरि सरकारले धोका दिएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

‘मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ । अर्थतन्त्र उकास्ने काम भएको छैन’, ओलीले भने, ‘गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको छ ।’

उनले आइटीवारमा एमाले पछि परेको भन्दै प्रविधिको प्रयोग गरेर अघि बढ्न सकेमात्र सफलतामा पुगिने बताए । ‘हामी आइटी क्षेत्रमा पछि परेका छौँ । ज्ञान दुई ढङ्गले प्राप्त गर्न सकिन्छ । एउटा गुरुको माध्यमबाट र अर्को आफ्नो मेहनत’, ओलीले भने,‘विना अभ्यास कुनै चिज पनि प्राप्त गर्न सकिँदैन।’

सम्बन्धित समाचार