अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग भिड्ने

0 Shares

काठमाडौं । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २-१ गोलले हराएको हो ।

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको हो । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।

खेलको सुरुआती अग्रता इङल्यान्डले लिएको थियो । खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए । तर ८५ औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनाले अब स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । स्पेनले यसअघि फ्रान्सलाई पराजित गर्दै १६ वर्षपछि फाइनल प्रवेश गरेको थियो ।

सम्बन्धित समाचार