स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना पनि विश्वकपको सेमिफाइलनमा

0 Shares

काठमाडौँ । फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ । रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डविरुद्ध ३-१ को महत्त्वपूर्ण जित निकालेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले जे। लोपेजको पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका हुन् ।

खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा स्विट्जरल्यान्डले सशक्त पुनरागमन गर्‍यो । ६७ औँ मिनेटमा डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए ।

खेलको ७२ औँ मिनेटमा ब्रिल एम्बोलोले दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो ।

१० खेलाडीमा सीमित भए पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएको थियो ।
अतिरिक्त समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज बनाएका थिए । खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले गोल गर्दै ३-१ को जितसहित अर्जेन्टिना सेमिफाइनल पुगेको हो ।

सम्बन्धित समाचार