काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवचुली नगरपालिका १५ नवलपरासी स्थित जनज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गरेको छ । साथै, शैक्षिक सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक अभिभावक संघका अध्यक्ष पदम राज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्ची तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेको हो ।
नारायणगढ क्षेत्र प्रमुख भण्डारीले बैंकको तर्फबाट अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरू आउने भएकाले उनीहरूका लागि व्यवस्थित, सम्मानजनक तथा सहज प्रतीक्षा स्थलको लागि पनि सहयोग गरेका छन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष भट्टराईले उक्त सहयोग उपलब्ध गराएकोमा बैंकप्रति धन्यवाद ज्ञापन गर्दै सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा बैंकका कर्मचारी, जनज्योति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकको उपस्थिति थियो । योसँगै बैंकले आगामी दिनमा सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने छ ।