असार २४ गते बुधबार तपाईको राशिफल कस्तो?

0 Shares

आज मिति २०८३ साल असार २४ गते बुधबार । सन् २०२६ जुलाई ८ तारिख । नेपाल संवत् ११४६ । आषाढ कृष्णपक्षको अष्टमी तिथि । आज बिहान ५ बजेर १६ मिनेटमा झुल्किएको घाम बेलुकी ७ बजेर १ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन खासै उत्साहवर्द्धक नरहला । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास होला । कसैसँग हल्का मनमुटाव हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । चोटपटकबाट बच्न विशेष सजगताको खाँचो छ ।

बृष

समाजिक सम्मान मिल्ने समय छ । आर्थिक उपार्जनको दृष्टिले पनि आजको दिन शुभदायी छ । रमणीय र सुखद यात्रा हुनसक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्ला । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने छ ।

मिथुन

विवेकपूर्ण अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने ब्यस्तता वृद्धि भएपनि आम्दानीका स्रोत बढ्ने योग छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् ।

कर्कट

आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने देखिन्छ । चिताएको काममा सहजताका साथ सफलता मिल्ने योग छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति होला ।

सिंह

आज तपाइले सोचेका काम पूरा भइ सुखको अनुभव हुने देखिन्छ । पराक्रम वृद्धि हुनुका साथै आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने योग छ । परोपकारमा मन जाला ।

कन्या

पारिवारिक सुख मिल्नुका साथै नियमित कार्यमा प्रगति हुने समय छ । आजको दिन सहयोगीहरूले विशेष साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदा नै मिल्ने देखिन्छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने सक्छ ।

तुला

पराक्रम वृद्धि हुने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । जागिरमा खासै मन नगएपनि धन–मान प्रप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक

बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्ने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ(समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ ।

धनु

केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । नियमित काममा खासै जाँगर चल्ने देखिन्न । महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुन सक्छ, ध्यान दिनुहोला । प्रतिष्पर्धी हाबी हुनसक्ने योग भएकोले सजग रही व्यवहार गर्नु उचित हुनेछ ।

मकर

मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न पनि सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला ।

कुम्भ

जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययन कार्यमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला ।

मीन

साहस वृद्धिको समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तानपक्षबाट सुखको अनुभूति हुनेछ । रोकिएको काम अथक मिहेनतका कारण बन्नेछ । मिठो भोजन प्राप्त होला ।

सम्बन्धित समाचार