0
Shares
काठमाडौं । जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को पहिलो हाफमा इजिप्टविरुद्ध अर्जेन्टिना एक गोलले पछि परेको छ । कप्तान लियोनल मेसी पेनाल्टीमा चुकेसँगै गोल बराबरी बनाउने अवसर गुमाएका हुन् ।
खेलको २० औँ मिनेटमा निकोलस ताग्लियाफिकोलाई इजिप्टका हाइसम हसनले डिबक्सभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
तर, मेसीले प्रहार गरेको पेनाल्टीलाई इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले आफ्नो बायाँतर्फ डाइभ गर्दै उत्कृष्ट बचाउ गरे। यस विश्वकपमा मेसी पेनाल्टीमा चुकेको यो दोस्रो पटक हो ।
यसअघि खेलको १५ औँ मिनेटमा यासेर इब्राहिमले हेडमार्फत सानदार गोल गर्दै इजिप्टलाई अग्रता दिलाएको थियो । योसँगै इजिप्टले अजेन्टिनाविरुद्ध १-० ले अग्रता बनाएको छ ।