आज मंगलबार सुनको भाउ बढ्यो, तोलामा कति ?

0 Shares

काठमाडौँ । मंगलबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको भाउ मंगलबार ४०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुनको भाउ १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको भाउ १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ सोमबार १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३५१ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ७३ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार