0
Shares
यो साताको तेस्रो कारोबार दिनमा पनि सेयर बजार ओरालो लागेको छ ।
यो साता नेप्सेसँगै कारोबार रकममा पनि निरन्तर गिरावट देखिएको छ । बुधबार बजार ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ । यो साता पहिलो कारोबारमा आइतबार २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा झरेको बजार मंगलबार १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा पुगेको थियो ।
बुधबार ८० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।